Monday, 22 February 2016

कतै तपाइलाई डिप्रेसन त छैन ?यसरि जाच्नुहोस ।

Reckless behavior

Self-loathing

Loss of energy

Feelings of helplessness and hopelessness

Sleep changes

Loss of interest in daily activities

Anger 

 irritability

Appetite 

 weight changes


सामान्य खालका मानसिक रोग लाग्ने समस्या९ मानिसमा डर लागिरहने, मुटु ढुकढुक गर्ने, हात हल्लने, टाउको दुख्ने, अचानक डराउने समस्या हुन्छ। जुन औषधी सेवन र साइकोथेरापी गरे निको हुन्छ। कनभर्सन डिसोसिएटिभ डिसअर्ड –अचानक हातखुट्टा नचल्ने, छातीमा स्वास फेर्न गाह्रो हुने, उल्टो कुरा गर्ने, बोली रोकिने, बक्ने एउटा अर्को भई बोल्ने काम्ने, बिर्सने आदि लक्षण लिई यस्ता बिरामी अस्पताल आउँछ्न। टाउको दुखने समस्या– मानिसमा टाउको दुख्ने समस्या बढ्दो छ। खासगरी टेन्सन हेड्याक, माइग्रेन आदी बिरामीहरु निकै लामो समस्या लिएर आउँछन्। बालबालीकामा देखिने मनोवैज्ञानिक समस्या– बालबालीकामा चकचक गर्ने, रिसाउने, चोर्ने, झगडा गर्ने, स्कूल जान नमान्ने, स्कूलबाट भाग्ने, एक्लै बस्ने आदी समस्या पाईन्छ।

साथै बच्चामा डिप्रेसन वयस्कमा भन्दा फरक लक्षण लिई देखापर्छ । इजेशन डिसअर्डर– यो यस्तो रोग हो जसमा शरीरका विभिन्न अंगका लिएर बिरामी आउछन्, जस्तै टाउको दुख्ने, पेट दुख्ने, हातखुट्टा हल्लिने आदि। मानिसहरु विभिन्न डाक्टरकहाँ उपचारार्थ पुग्दछन्। तैपनि आफ्नो समस्या निको भएको महसुस गर्दैनन्। विभिन्न ल्याव परीक्षण गराउँदा पनि कुनै खराबी देखिदैन, जुन साइकोलोजिकल कारणले भएको उनीहरुलाई थाहानै हुँदैन। कहिलेकाहीँ विरामीहरु आफूलाई क्यान्सर भएको, एड्स भएको शंका गरी अस्पताल आउँछन्। बच्चा जन्माएपछि आमामा देखिने मानसिक रोग–महिलाहरु बच्चा जन्माएपछि आफूलाई मानसिक असन्तुलन भएको, डिप्रेसन भएको महसुस गर्दछन्। यस्तो रोग उपचारपछि पूर्णरुपमा निको हुन्छ। निद्राको समस्या– मानिसमा निदाउन गाह्रो हुने, निद्रामा डराउने,निद्रामा हिंड्ने समस्या पाईन्छ, जुन उपचार गरे निको हुन्छ। मध्यम खालका मानसिक रोग डिप्रेसन९ यो रोगका विरामीहरु निराश हुने, दिक्क हुने, बारम्बार रुने, हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, बाँच्न भन्दा मर्न बेस भन्ने र कतिपय बिरामीले आत्महत्या गरेको पनि पाईएको छ। डिप्रेसन नेपालमा पाईने एउटा मूख्य मानसिक रोग हो। जीवनभरमा २०९२५५ मानिसमा डिप्रेशन हुन्छ। यो उपचार गरे निको हुने रोग हो । लागु औषधी र रक्सीको समस्या९ खासगरी स्कूल जाने, हाईस्कूल तथा कलेज जाने विधार्थी लागूऔषधी सेवन गर्ने कुलतमा फसेको देखिन्छ। विभिन्न प्रकारका अयगनज कथचगउरखोकिको औषधी, गाँजा, हिरोईन जस्ता औषधी लिँदा मस्तिष्कमा असर पर्दछ। उनीहरु एकपटक लिएपछि छोड्न सक्दैनन्।

कतिपय अवस्थामा चोर्ने आदि अपराधमा उनीहरु संलग्न भएको पाइएको छ। अर्को समस्या रक्सी सेवन गर्ने हो। जब मानिसले रक्सी लिन थाल्छ, दिनदिन उसको रक्सिको मात्रा बढ्न थाल्छ। पछि ऊ बिहान पनि रक्सी नलिई बस्न सक्दैन। उसमा छारेरोग जस्तो काम्ने देखिने, होस हराउने, पेट पोल्ने, मुटुको रोग, कलेजोको रोग, डिमेन्सिया तथा डर लाग्ने र डिप्रेसन जस्ता रोग लाग्ने संभावना बढी रहन्छ। जुन उपचार गरे निको पार्न सकिन्छ। छारेरोग– अचानक शरीर कडा हुने, काम्ने र बेहोस हुने, आँखा हल्लिने, जिब्रोमा चोट लाग्ने आदि समस्या लिई धेरै बिरामी आउँछन्। कतिपय बच्चामा एक देखि दुई मिनेट टोलाई मात्र रहने पनि एक प्रकारको छारे रोग हो। यो उपचार गरे निको हुन्छ। यो रोगमा औषधी लामो समयसम्म सेवन गर्नुपर्छ। अब्जेसिभ कम्पल्सिभ डिसअर्डर– यो यस्तो रोग हो, जहाँ मन अत्यन्त कमजोर हुन्छ। मनमा विभिन्न सोचाई र दृश्यहरु आईरहन्छन्। मनमा लिन्न भने पनि त्यस्ता सोचाई आउनाले विरामी आत्तिन्छ। उसलाई ती सोचाई आउनाले उसमा छटपटी भईरहन्छ। साथै चुकुल लगाई सकेपछि पटकपटक हेर्नुपर्ने, हात बारम्बार धोई रहनुपर्ने आदि समस्या रहन्छ। सुस्त मनस्थिति– यस्ता बिरामीमा वौद्धिक क्षमता कम हुन्छ। दैनिक जीवनमा यस्ता बिरामी सिक्ने, काम गर्ने, पढ्ने कुरामा निकै पछि पर्छन्। उपचार गरे बिरामी राम्रो हुन्छन् तर उनीहरुलाई सीप सिकाई वौद्धिक क्षमता अनुसारको काम लगाउनु पर्दछ। कडा मानसिक रोग बाईपोलर एफेक्टिभ डिसअर्डर– माथी वर्णन गरे जस्तै कहिले मेनिया हुने र कहिले डिप्रेसन देखिने रोगलाई बाईपोलर एफेक्टिभ डिसअर्डर भनिन्छ । मेनिया भई फेरि मेनिया दोहोरिए पनि त्यसलाई बाईपोलर एफेक्टिभ डिसअर्डर भनिन्छ। यो रोग चार देखि पाँच महिना बढ्ने र त्यसपछि निको हुने फेरि एक देखि दुई वर्षमा अर्को पटक उही समस्या देखिने हुन्छ। सिजोफ्रेनिया– यो यस्तो रोग हो जसमा बिरामीलाई आफू बिरामी भएको थाहा हुँदैन। बिरामी एक्लै बस्दा कानमा आवाज आउँछ, बिरामी अरुसंग शंका गर्ने, संगत छाड्ने र एक्लै बस्ने, दैनिक काममा ध्यान नदिने, सफासुग्घर गर्न छाड्ने, घरबाट भाग्ने हुन्छ।डिप्रेसन–लक्षण, प्रकार र उपचार सामान्य खालका मानसिक रोग लाग्ने समस्या९ मानिसमा डर लागिरहने, मुटु ढुकढुक गर्ने, हात हल्लने, टाउको दुख्ने, अचानक डराउने समस्या हुन्छ। जुन औषधी सेवन र साइकोथेरापी गरे निको हुन्छ। कनभर्सन डिसोसिएटिभ डिसअर्ड –अचानक हातखुट्टा नचल्ने, छातीमा स्वास फेर्न गाह्रो हुने, उल्टो कुरा गर्ने, बोली रोकिने, बक्ने एउटा अर्को भई बोल्ने काम्ने, बिर्सने आदि लक्षण लिई यस्ता बिरामी अस्पताल आउँछ्न।

टाउको दुखने समस्या– मानिसमा टाउको दुख्ने समस्या बढ्दो छ। खासगरी टेन्सन हेड्याक, माइग्रेन आदी बिरामीहरु निकै लामो समस्या लिएर आउँछन्। बालबालीकामा देखिने मनोवैज्ञानिक समस्या– बालबालीकामा चकचक गर्ने, रिसाउने, चोर्ने, झगडा गर्ने, स्कूल जान नमान्ने, स्कूलबाट भाग्ने, एक्लै बस्ने आदी समस्या पाईन्छ। साथै बच्चामा डिप्रेसन वयस्कमा भन्दा फरक लक्षण लिई देखापर्छ । इजेशन डिसअर्डर– यो यस्तो रोग हो जसमा शरीरका विभिन्न अंगका लिएर बिरामी आउछन्, जस्तै टाउको दुख्ने, पेट दुख्ने, हातखुट्टा हल्लिने आदि। मानिसहरु विभिन्न डाक्टरकहाँ उपचारार्थ पुग्दछन्। तैपनि आफ्नो समस्या निको भएको महसुस गर्दैनन्।

Thursday, 18 February 2016

यस्तो पत्र लेखेर आत्महत्या गरी बिदा भ्ए स्याङ्जाका बिसाल कोरिय बाट सदाको लागी

स्याङ्जाली ले किन गरे कोरियामा आत्मह्त्या ? ?

ईपीएसबाट रोजगारी गर्न कोरियाएका एक नेपालीले झुण्डिएको अवस्थामा मृत फेला परेका छन् |
 ४ बर्ष अघि यहाँ आएका स्याङजाका २४ बर्षिय गणेशराज  चापागाई कम्पनि नजिकै रुखको हाँगामा झुन्डीएको अवस्थामा मृत फेला परेका हुन् | 
    खोन्याङस्थित अटोमोबाइल कम्पनीमा कार्यरत  चापागाई
बुधबार दिउसोबाट हराएका थिए भने राती कम्पनि नजिकैको रुखमा झुण्डीएको अवस्थामा फेला परेका थिए |     त्यहाँ कार्यरत नेपालीहरुका अनुसार चापागाईले छोटो नोट लेखेका छन् |    
 स्थानीय सुनछाङ  प्रहरीले  सोलस्थित नेपाली राजदूताबासलाई घटनाको प्रारम्भिक जानकारी गराएको छ | दूताबासका एक अधिकारीका अनुसार उक्त कम्पनीमा अरु १२ नेपाली कामदार कार्यरत छन् | अबिबाहित चापागाई केहि महिना अघि बिदामा घर गएर फर्केका थिए | 
    राजदुताबासका श्रम सहचारी अनिल गुरुङले घटनाको विवरण परराष्ट्र मन्त्रालयमा बिहिबार नै पठाई सकिएको र घटनास्थलमा भोलि जाने बताए |

Wednesday, 17 February 2016

AIR FARE DECREASE FROM TOMORROW


Feb17, KATHMANDU

हवाई इन्धनको मुल्य घटेपछि निजी विमान कम्पनीहरुले आन्तरिक हवाई रुटको भाडा घटाएका छन्।

आन्तरिक बिमानहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले काठमाडौंबाट सिधा उडान हुने रुटमा कम्तीमा २ हजार १ सयदेखि ६ सय रुपैयाँसम्म भाडा घटाएको जनाएको छ । नयाँ भाडादर भोलीदेखि लागु हुनेछ।

संघको भाडा सम्बन्धिको प्राविधिक कमिटीले पहिलेको भाडादरबाट
 धनगढीमा २ हजार १ सय ३५,
 नेपालगञ्ज १ हजार ६ सय १५
, भैरहवा १ हजार १ सय ३५
, पोखरा ९ सय ३०
, भरतपुर ७ सय २०
 रुपैयाँ घटाएको छ।

त्यस्तै विराटनगरमा १ हजार २ सय ७०, जनकपुरमा ८ सय २५, सिमरामा ६ सय २० रुपैयॉ घटाइएको छl

यसअघि हिजो नेपाल आयल निगमले आजबाट लागु हुने गरी हवाई ईन्धनको मुल्य आन्तरिक तर्फको मुल्यमा प्रति लिटर ५५ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ प्रति किलोलिटर ५ सय ४९ डलर घटाएको थियो l

Tuesday, 16 February 2016


दक्षिण एसियाली खेलकुद (साग)को १३औं संस्करण आफ्नै देशमा गर्ने गरी नेपालले भारतमा भएको १२औं साग सकाएको छ 


नेपालले ३ स्वर्ण, २३ रजत र ३४ का कास्यसहित जम्मा ६० पदक बटुल्दै छैटौं स्थान हासिल गरेको छ । नेपालले फुटबल, जुडो र उसुबाट एक–एक स्वर्ण जितेको हो ।
भारत एक सय ८८ स्वर्णसहित शीर्ष स्थानमा 
 २५ स्वर्णकोश्रीलंका दोस्रो
 तथा १२ स्वर्णको पाकिस्तान तेस्रो स्थानमा रह्यो ।

त्यस्तै, ७ स्वर्णको अफगानिस्तान चौथो 
तथा ४ स्वर्णको बंगलादेश पाँचौं स्थानमा रह्यो । 
दुई रजतको माल्दिभ्स सातौं स्थानमा रहँदा एक रजतसहित भुटान पुछारमा रह्यो । 

Tuesday, 9 February 2016

फिल्मको हिरो बन्ने सपना लिएर हिडेको एउटा मान्छे वास्तविक जीवनमा देशको प्रधानमन्त्री हुनु एउटा संयोग मात्र हो वा होइन ?? थाहा छैन । तर, एउटा मान्छेको माया वा सपनालेे कति फरक पार्दछ देशलाई या परिवर्तनलाई ???? कुनै हिसाव नगरी पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाप्रति हार्दिक श्रद्धाञ्जली !!!

https://www.youtube.com/watch?v=khdYH3811UI
सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने भाषा परीक्षा भदौमा गर्ने तयारी गरेको छ।

आइतबार ईपीएस कोरिया शाखामा बसेको बैठकले सातौँ भाषा परीक्षाको मिति तय गरेको हो।


‘सन् २०१६ मा लिइने भाषा परीक्षाको आबेदन अनलाइनमार्फत लिनेछौँ, ४ महिनाभित्र अनलाइनका लागि चाहिने सफ्टवेयर तयार पार्छौँ, शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले भने,‘ अनलाइन भएपछि फर्म भर्न काठमाडौं आइरहनु पर्दैन, घर वा साइबरबाटै भर्न सकिन्छ।’
उनका अनुसार शाखाले अनलाइनको सफ्टवेयरका लागि टेन्डर आह्वान गरिसकेको छ। शाखाले नयाँ कामदार छनोट प्रक्रियाअन्तर्गत पीबीटी र कोरियाबाट फर्केका कामदारका लागि सीबीटी परीक्षा सञ्चालन गर्छ। तर नेपालीको कोटा भने निर्धारण गरिएको छैन।