Tuesday, 29 March 2016

मोटाएर वाक्क हुनुभएको छ? ज्यान घटाउन यो घरेलु तरिका अप्नाउनेकि ?

केराको डाँठले तौल कसरी घटाउछ ?


केराको डाँठ (हाँगाँ) मा फाइबरको मात्रा धेरै र क्यालोरी कम हुने भएकोले यसको जुसले लामो समयसम्म सन्तुष्टि दिन्छ । जसले कोषमा जम्मा हुने फ्याट र सुगर निस्कासन गर्ने प्रक्रियालाई ढिलाई गर्न सहयोग गर्नुका साथै उर्जा प्रदान गर्छ ।

केराको डाँठले कब्जियतलाई निर्मूल गर्नुका साथै पेट दुख्ने समस्या समेत निको पार्छ । जुसमा हुने फाइबरले कब्जियत निको पार्छ । यसलाई मदिरा र लागू औषधको कूलत हटाउन समेत प्रयोग गरिने बताइन्छ ।
डाँठको जुसमा हुने तत्व किड्नी स्टोनको आकार घटाई त्यसलाई घुलाउन सहयोग गर्छ किनकी यसले शरिरको काम नलाग्ने तरलाई पर्दाथलाई निर्मूल गर्न सहयोग गर्छ ।

केराको डाँठ प्रयोग  कसरी  गर्ने  ?

डाँठको बाहिरी पात हटाई डाँठको भित्रि भागलाई टुक्रा टुक्रा काटेर जुस बनाउन सकिन्छ । टुक्रालाई मसिनो हुने गरी पिस्ने र डाँठबाट निस्कोको पानीलाई छानेर एउट भाँडोमा राख्ने । मिठो स्वादका लागि लाईम जुस पनि मिसाउन सक्नुुहुन्छ । डाँठलाई दुधमा मिसाएर पनि खान सकिन्छ ।  यसलाई दैनिक खानुहोस ।

रातभर डाँठका टुक्रालाई दुधमा भिजाउनहोस । बिहान राम्रोसँग घोल्नुहोस । यसमा अलिकति चिनि मिसाएर स्वादिलो बनाएर खान सक्नुुहुन्छ ।

Sunday, 27 March 2016

NEPAL VS MALASIA FOOTBALL MATCH

NEPAL VS MALASIA GAME WATCH LIVEhttps://www.youtube.com/watch?v=5HdbcG8MazQ

HOW TO GET E7 VISA IN SOUTH KOREA

WE HAVE POSTED SOME PHOTOS EXPLAINING REQUIREMENTS TO BE ELIGIBLE TO GET AN E7 VISA.E7 VISA IS  SKILLED WORKER VISA.KOREAN GOVERNMENT PROVIDE THIS VISA TO THOSE FOREIGNER WHO FULFILL FOLLOWING CRITRIA.LOOK AT THOSE PHOTOS

Friday, 25 March 2016

सोगेंद्र घले पछि अर्को नेपाली मोटो रकम लिएर फरार

सोगेंद्र घले  पछि अर्को नेपाली मोटो रकम लिएर फरार 


युएईमा केहि नेपालीबाट झण्डै १० लाख दिरहम(झण्डै तीन करोड) रकम उठाएर एक नेपाली सम्पर्कविहिन भएका छन् । लुम्विनि वेलफेयर सोसाइटीका उपाध्यक्ष समेत रहेका लक्ष्मण भण्डारी रकम लिएर बेपत्ता भएको  उनी विगत चार बर्षयता गुल्मी सेवा समाजका अध्यक्ष थिए ।

आफ्नो झण्डै ३ लाख ८० हजार दिरहम(१ करोड ६ लाख बढी) बरावरको मोवाइलको सामान वापतको रकम नतिरी भण्डारी फरार भएको भन्दै सागर पन्तले उनलाई खोजिदिन आग्रह गरेका छन् । उनले युएईमा 'समाजसेवी'को पहिचान बनाएर करोडौं रकम उठाएर भण्डारी फरार भएको भन्दै सहयोगको आग्रह गरेका हुन् ।


भण्डारी सम्पर्कविहिन भएपछि उनको खोजिगर्दै पन्थ एयरपोर्ट पुगेका थिए । त्यहाँबाट भण्डारी नेपाल उडेको देखिएको पन्थले बताएका छन् । आफूहरुसँग तीन चार बर्षदेखि सम्पर्कमा रहेको र परिवारको सदस्य जस्तै बनेर आफूहरुलाई डुवाएर भण्डारी भागेको पन्थको भनाई छ । ''परिवारको सदस्य जस्तै बनेका थिए, खाना सँगै खान्थे  । त्यसैले विश्वास गर्दा हामीलाई चुर्लुम्मै डुवायो'' पन्थको भनाई छ । ''बजार त्यस्तै हो, के गर्नु मान्छे चिन्न सकिन्न'' पन्थले भने ''उ नेपाल उडेपछि नेपालमा पनि सम्पर्क गर्न खोज्दा उ घर नपुगेको देखिन्छ ।''  

भण्डारीबाट ठगिएको भनिएकी अर्की महिला सीता पाण्डेले आफुसँग १ लाख १० हजार दिरहम(४२ लाख) लिएर फरार भएको दावी गरिन् । ''त्यो पापीले म घरमा बसेर काम गर्ने मान्छेको पैसा खाएर कहाँ गएर लुकेर बसेको छ, त्यसको कहिल्यै भलो हुन्न'' उनले फोनमा रुँदै भनिन् ''त्यो पापीलाई जसरी नि फेला परिदिनु प¥यो ।'' आफूसहित चार जनाको गरी १० लाख दिरहम उठाएर भण्डारी फरार भएको देखिएको पाण्डेको भनाई छ ।

पाण्डे युएईमा घरेलु कामदारका रुपमा कार्यरत छिन् । उनले भण्डारीलाई युएईमा आएपछि नै चिनेको भन्दै उनलाई समाजसेवी भनेर विश्वास गरेको बताइन् । ''म अहिले बोल्न पनि नसक्ने अवस्थामा छु, खै त्यो मान्छेलाई कसरी खोज्ने हो, जसरी नि खोजिदिनु पर्यो'' उनले भनिन् ।

छविलालका भाइ रामु पन्थले युएईबाट दाजु छविलालले भण्डारीको खोजिका लागि प्रहरीमा उजुरी दिन भनेको र आफूहरु त्यसको प्रकृयामा रहेको बताए । उनले पहिले युएईबाट नै दुतावास मार्फत उजुरी पठाउन आफूले आग्रह गरेको र त्यसपछि नेपालमा आवश्यक प्रकृया गर्ने बताए । ठगिको जानकारी पछि आफूहरु भण्डारीकी श्रीमति बसेको ठाउँ पाल्पा पुगेर भेटेको तर उनले आफूसँग पनि कुनै सम्पर्क नरहेको बताएको जनाए ।

भण्डारीकी आमा गोमा भण्डारीले छोरो आफूहरुसँग सम्पर्कमा नरहेको बताइन् । ''खै नेपाल आइपुगेको भए त हामीसँग सम्पर्क भइहाल्थ्यो, आएकै छैन र त होला''उनले भनिन् । उनले छोरालाई उतै(युएई) कुनै समस्या आइपरेको हुनसक्ने र मान्छेहरुले हल्ला चलाएको हुनसक्ने बताइन् ।

Thursday, 24 March 2016

‘नेपाली साथीहरु सजग हुनुहोस, गुगलले माउन्ट एभरेस्टलाई चीनको भूमिमा देखाइरहेको छ ।

पृथ्वीकै सबैभन्दा अग्लो हिमाल समगरमाथा (माउन्ट एभरेस्ट) नेपालमा रहेको कुरामा कुनै विवाद छैन ।
   8848Meter (२९ हजार २९) फिट अग्लो यो हिमालको मूख्य चुचुरो नेपालतिरै रहेको कुरा चीनले पनि स्वीकारिसकेको छ । 
   अंग्रेजीमा माउन्ट एभरेस्ट र चिनियाँ भाषामा चोमोलुङ्माको नामले तिब्बत र चीनमा चिनिने विश्वकै अग्लो यो हिमालकै कारण नेपाल विश्वभर चिनिएको छ । 

नेपाल र नेपालीले गर्ब गर्ने र विश्वभर नेपाललाई चिनाउने सगरमाथालाई पछिल्लो समय विश्वचर्चित सर्च इन्जिन गुगलले उसको म्यापमा चिनियाँ भूभागतर्फ देखाउन थालेपछि इन्टरनेट प्रयोगकर्ता सशंकित भइरहेका छन् । 

केही सातायता गुगल म्यापमा नेपालको सगरमाथालाई चीनको टिंग्री जिगेज चीनमा देखाइरहेको छ । गुगल म्यापले सगरमाथालाई चिनियाँ भूमिमा देखाउन थालेपछि यसबारेमा चीनमै पनि संशयपूर्ण प्रतिक्रिया आइरहेको छ । 
  गुगलले विश्वकै सर्वोच्च शिखरबारे भएको यो गम्भीर त्रुटिमा सुधार गरेको छैन । उसको यो त्रुटिबारे गुगललको प्रेस हेर्ने इमेलमा जबाफ माग्दा कुनै प्रतिक्रिया आएको छैन । 

गुगल म्यापले सगरमाथालाई आफ्नो भूमिमा देखाएपछि चीनकी एक फेसबुक प्रयोगकर्ताले यसतर्फ सजग हुन नेपालका साथीहरुलाई आग्रह गरेकी छन् । 


Saturday, 19 March 2016

uk prince in nepal
wawtgh video


https://www.youtube.com/watch?v=2E4lBs4VXEo&feature=youtu.be

Friday, 18 March 2016

FLY DUBAI PLANE CRASH

FLY DUBAI  BOEING CRASHD IN RUSSIA 

   बोइङ्ग ७३८ नामक  बिमान जसले ६१ जना यात्रु बोकेको थियो आज मार्च १९ गते २०१६ को दिन मा   Rostov-on-Don नामक एरपोर्टमा आज दुर्घटना भएको छ. दुर्घटनाको  कारण भने poor  visibility  वयेको जनाइएको छ.
  यसै बिचमा डरलाग्दो video  सार्बजनिक  भएको छ.जुन cctv  बाट खिचिएको हो..६१ जना यात्रु बोकेको उक्त यात्रुबाहक बिमान एरपोर्टमा दुर्घटना भएको हो. CLICK BELOW TO WATCH

      https://youtu.be/LxOOr5-j7ik                                                                                                           

The Fly Dubai Boeing 738 जेट सोउथेर्न रुस मा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो.
   poor visibility  को कारणले गर्दा रनवे  छोडेको उक्त बिमान उतिखेरै दुर्घटना भएको थ्यो.

कोरियामा नेपालीलाई नेपालिले नै ठग्दै



कोरियामा अहिले नेपाली लगवग  ३५०००छन ।
काम गर्न आउने नेपाली धेरै छन ।
यसरि काम गर्न आउने नेपाली जो धेरै मेहन्ती छन ।ति मध्य केहि फटहा नेपालिको जमात पनि बढ्दै छ ।
दिन्भरको कडा मेहनत पछी केहि अतिरिक्त कमाइको लागि अन्लाईन बाट नेपाल फोन गर्ने तथा कोरिया को फोन रिचारज गर्ने  काम गर्ने नेपाली दाजु भाइ लाईनै ठग्ने नेपाली केहि मात्रामा बढ्दै गैरहेको छ ।
आफ्नोको मेहनतको पसिना खाने  अरुकोही नभएर कोरियामा काम गर्ने  नेपाली नै हुन ।
उनिहरुले फेस्बुक तथा भाइबर बाट कार्ड किन्ने र पैसा तिर्ने बेलामा ब्लक गर्दिने तथा सम्पार्कअ बिहिन भैदिने गर्छन ।सानो रकम को लागि यस्तो फटहा काम गर्ने सिमित नेपाली हरु फेस्बुकमा निकै आलोचित भएका छन ।
छेत्री कामी थर भएका ब्यक्तिको त फेस्बुकमा फोटोनै सार्बजनिक गरियो ।एक बिक्रेता को अनुसार धेरै मात्रमा नेपाली इमान्दार भएपनी एक्दमै थोरै फटहको कारणले इमान्दार नेपाली लाई पनि बिश्वास गर्न गाह्रो भएको छ ।लामो समयको काम र बैंक जाने समय अभाब हुँदा पनि नेपाली को नाता ले गरेको सहयोग लाई बिर्सेर उनिहरुले अरुको पसिना खाने गरेका छन ।एक बिक्रेताले जनाए अनुसार केहि समय अगाडी एक जना गौतम थर भएका नेपाली ले कारीब २ लाख वोन दिन लाई आल्टाल गरे त्यस्पछी फेस्बुक्मा सर्बजानिक गर्ने भनेपछी मात्र उन्ले रकम दिए ।यस्ता नेपालिहरु प्राय फेक फेस्बुक प्रयोग गर्नेपनी बुजिएको छ ।

Tuesday, 15 March 2016

  किमको घोसना भएकै दिनमा एक नेपालिले कोरिया बाट करीब ३ करोड रु लेर फरार भएका छन


     उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देशमा चाँडै अर्को परमाणु परीक्षण एवं परमाणु हतियार लैजान सक्ने सक्षम ब्यालेस्टिक मिसाइल परीक्षण गर्ने बताएका छन्। उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएका अनुसा किम जोङ उनले उत्तर कोरिया आफ्नो परमाणु क्षमता विस्तार गर्न चाँडै परमाणु हतियार लैजानसक्ने सक्षम व्यालेस्टिक मिसाइल परीक्षण गर्नेछ।

किम जोङको यो घोषणाले कोरियाली प्रायद्वीपमा झनै तवान बढ्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।
यसै बिचमा किमको घोसना भएकै दिनमा एक नेपालिले कोरिया बाट करीब ३ करोड रु लेर फरार भएका छन ।

      कोरियामा एक हुण्डी दलाल नेपाली कामदारको करोडौं रुपैयाँ लिएर फरार भएको पीडितले बताएका छन् | सोल तुङदेमुनमा बसेर कामदारको पैसा नेपाल पठाईरहेका भोजपुरका सगेन्द्र घले करिब २ करोड ९० लाख रुपैयाँ लिएर फरार भएको उनिहरुले जानकारी दिएका छन् | घलेले सस्तो दरमा नेपाल पैसा पठाई दिने भन्दै नेपाली कामदारबाट पैसा संकलन गरेका थिए | उनि केहि दिनदेखि घर पैसा पठाउन लागेका कामदारसंग सम्पर्कबिहिन भएका हुन |
 https://www.facebook.com/sogendra.ghale?fref=ts

Monday, 14 March 2016

कोरियन भासा पास गर्ने भए कुखुराको मासु खानुस ।


कोरियन भासा पास गर्ने भए कुखुराको मासु  खानुस ।

कपाल नधुने : दक्षिण कोरियामा परीक्षा अघि टाउको नुहाउन नहुने धारणा छ । टाउको नुहाएर परीक्षा दिन गएमा दिमागमा भएको सबै कुरा जान्छ भन्ने धारणा छ ।

समुद्री लेउको सुप : दक्षिण कोरियामा परीक्षाअघि समुद्री लेउ (सिविड) को सुप (रस) खान हुँदैन भन्ने चलन छ । यस्तो सुप दक्षिण कोरियामा धेरै खाइने गर्छन् । तर परीक्षा अघि यो सुप खाएमा घोकेको सबै बिर्सिन्छ भन्ने विश्वास छ ।

कुखुराको मासु : दक्षिण कोरियामा विश्वविद्यालयको प्रवेश परीक्षा अघि कुखुराको मासु खाने चलन छ । यसले स्मरण शक्ति बढाउने विश्वास गरिन्छ । यस्तै मलेसिया, हङकङ तथा दक्षिण कोरियामा परीक्षाअघि र परीक्षाको दिन चिकेन जुस पिएमा परीक्षा राम्रो हुने विश्वास.

रातो कट्टु लगाउने : चीनमा रातो रंगलाई शुभ मानिन्छ । चीनमा धेरैले परीक्षाका बेला रातो रंगको लुगा लगाउनु त्यसमा पनि भित्री कट्टु रातो लगाउनु निकै शुभ हुने विश्वास गर्छन । चीनमा कुनै पनि सफल व्यक्तिलाई तपाईंले परीक्षाका बेला रातो कट्टु लगाउनु भएको थियो ? भनेर सोध्ने चलन पनि छ ।

Saturday, 12 March 2016

LETS LEARN KOREAN LANGUAGE


जनावर तथा चराहरु
동물 === थोङ्मूल === जनावर
새 === से === चरा
소 === सो === गाई
물소 === मुल्सो === भैसी
염소 === यम्सो === बाख्रा
양 === याङ् === भेडा
말 === माल ==== घोडा
개 === खे === कुकुर
돼지 === थ्वेजी === सुँगुर ;
악어 === आग === गोही
원숭이 === वान्सुङई === बादर

केहि मसला हरुको पनि अध्धयन गरौंl
호추 === होछु === मरिच 
버터 === फथ === बटर 
잼 === छेम === जाम 
케찹 === खेछाब === केचाब 
고추 === खोछु === खुर्सानी
고추가루 === खोछु गारु === पिधेको खुर्सानी
겨자 === ख्यजा === तोरीको तेल
소금 === सोगुम === नुन
된장 === थ्वेनजाङ् === भटमासको लेप
고추장 === खोछुजाङ् === खुर्सानीको लेप
설탕 === सल्थाङ् === चिनी
식초 === सिग्छो === भेनेगार
계피 === खेफी === दालचिनी
생강 === सेङ्गाङ === अदुवा

आज केहि पेयपदार्थ को अध्धयन गरौं l
음료수 === उम्र्योसु === पेयपदार्थ 
물 === मूल === पानि 
뜨거운물 === तुगउन मूल === तातो पानि
창물 === छाङ् मूल === चिसो पानि 
생수 === सेङ्सु === मिनिरल पानी
차 ==== छा === चिया
홍차 === होङ्छा === कालो चिया
녹차 === नोग्छा === हरियो चिया
인삼차 === इनसाम्छा ===जिन्सेन/ जडिबुटी चिया
콜라 === खोल्ला === कोल्ला
요크르트 === योखुरुथु === दहि
커피 === खफी === कफी
우유 === उयु === दुध
주스 === जुसु === जुस
맥주 === मेग्चु === बियर
소주 === सोजु === रक्सि
포도주 === फोदोजु === अंगुरको रक्सि
인삼주 === इन्साम्जु === जडिबुटी रक्सि
마걸리 === माखल्ली === जाड
국 ==== कुग ==== रस