Thursday, 7 April 2016

भुकम्प पीडितलाई माया गर्ने कोरियन

कोरियाको shareNcare.me द्धारा संचालित यस अभियानमा तपाईको 1 लाइक बराबर 100 ₩ र 1 शेयर बराबर 1000 ₩ सहयोग जानेछ गोरखाको लाप्राक वासिलाई भिटामिन वितरण गर्न। सक्दो शेयर गरौ ।

우린 너무 쉽게 잊어버립니다
진도 8.0의 대지진, 사망자 약 1만 700여명, 향후 5년간 지진 피해복구 비용 50억달러. 네팔 대지진을 기억하십니까?
Share
SHARENCARE.ME

visit link here

http://www.sharencare.me/stories/105

Tuesday, 5 April 2016

Recovery if facebook account been hacked

यदि तपाईको फेसबुक एकाउन्ट कसैले ह्याक गर्‍यो भने चिन्ता नलिनुस, यसलाई फिर्ता लिन धेरै कठिन छैन सबैभन्दा पहिलोमा जानुस् । यहाँ एउटा बटम देखिन्छ जसमा लेखिएको हुन्छ,

Your account has been Compromised.

यसमा आफ्नो नाम, इमेल र तपाईंको एकाउन्टसित सम्वन्धित फोन नम्बरमध्ये कुनै एकको बारेमा जानकारी दिनुहोस् ।
त्यस पश्चात तपाईंले आफ्नो एकाउन्ट सर्च गर्नुपर्नेछ । त्यसपछि पासवर्ड फिर्ता लिने काम सुरु गर्नुपर्छ । त्यतिबेला खुल्ने पेजमा आफ्नो पुरानो पासवर्ड हालिदिनुस् । जब गलत पासवर्डको म्यासेज आउँछ, त्यसपछि रिसेट पासवर्डको विकल्प छनोट गर्नुस् । ह्याकरले पक्कै तपाईंको इमेल पनि फेरिदियो होला, त्यसैले त्यस इमेलमा आफ्नोबारे जानकारी माग्न सक्नुहुन्न ।

त्यतिगरेपछी तपाईंको अगाडिको स्क्रिनमा लेखिएको हुन्छ, No longer have access to these ? त्यसमा क्लीक गर्नुस् । अनि आफ्नो इमेल दिनुहोस्, जसमा फेसबुकबाट तपाईंलाई लिंक पठाइन्छ र तपाई आफ्नो पासवर्ड रिसेट गर्न सक्नुहुन्छ । तपाईले स्क्रिनमा जे-जे गर्न भनिएको हुन्छ, त्यहि गर्नुस् । २४ घन्टाभित्र तपाईंको पासवर्ड फिर्ता हुनेछ । नयाँ पासवर्ड राख्दा त्यसको शब्द, नम्बर र स्पेस क्यारेक्टरमा ध्यान दिनुहोस्, जबकि तपाईंको पासवर्ड कसैले अनुमान गर्न नसकुन् ।

Monday, 4 April 2016

विदेशबाट बाट घर फर्कदै हुनुहुन्छा ? विदेशबाट सामान ल्याउँदा के के मा भन्सार लाग्दैन ?

विदेशबाट  बाट  घर फर्कदै हुनुहुन्छा ? विदेशबाट  सामान ल्याउँदा के के मा भन्सार लाग्दैन ?

 तीन वर्ष  south korean  एक प्लाष्टिक कम्पनीमा काम गरी dhan gurung  सोमबार नेपाल फर्कनुभयो ।  chitwan bharatpur घर भएका विश्वकर्माले फर्कंदा ३२ इन्चको टिभी ल्याउनुभयो । उहाँ अब कति भन्सार तिर्नुपर्ने हो भन्ने चिन्तामा हुनुहुन्थ्यो । तर भन्सार कार्यालयले कुनै शुल्क नलिएपछि उहाँ दङ्ग पर्नुभयो ।

यस्तो व्यवस्थाले gurung जस्ता नेपालीलाई धरै राहत मिलेको छ । पूर्ण भन्सार छुटको व्यवस्था धेरै नेपालीलाई थाहा नहुँदा ३२ इन्च भन्दा ठूलो टिभी ल्याएर भन्सार तिर्ने गरेकोे त्रिभुवन विमानस्थल भन्सार कार्यालय गैह्रीगाँउका प्रमुख टेकबहादुर अर्यालले बताउनुभयो । ‘हामीले ३२ इन्च सम्मको टिभी ल्याउँदा भन्सार शुल्क लाग्दैन भनेपछि उहाँहरु दङ्ग पर्नुहुन्छ’ उहाँले भन्नुभयो ।

नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कंदा व्यक्तिगत प्रयोजनका लागि ल्याउने मालसामानमा भन्सार छुटको व्यस्था रहेको भन्सार कार्यालयले जनाएको छ । त्यसो त भन्सार ऐन २०६४ को दफा ९ को उपदफा ३ मा उल्लेख भए बमोजिम नेपालमा बसोबास गरेका नेपाली नागरिकले व्यक्तिगत प्रयोजनका लागि ल्याएका सामानहरुमा पूर्णरुपमा भन्सार छुटको व्यवस्था गरेको छ ।

कुन सामानमा भन्सार लाग्दैन ?

व्यक्तिगत प्रयोगका लागि चाहिने लुगाफाटा, बिछ्यौना, घर गृहस्थीका पुराना सामानमा पूर्ण रुपमा भन्सार छुटको व्यस्था छ । त्यस्तै औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधी र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने ह्वील चियर लगायतका अन्य सामानमा पनि भन्सार लाग्दैन ।

विदेश जाने नेपालीले प्रायःजसो सुनका गरगहनाको ल्याने गर्छन । तर उनीहरुलाई कति गरगहना ल्याउँदा भन्सार शुल्क लाग्दैन थाहा नपाएर समस्या हुने गर्छ र ठगीमा पनि पर्न सक्छन् । सुन तथा सुनका गहना ५० ग्रामसम्म र चाँदीको गरगहना पाँचसय ग्रामसम्म तथा एक लाख नेपाली रुपैयाँ मूल्यसम्मको जहारत जडित गरगहनामा कुनै भन्सार शुल्क तिर्नु नपर्ने भन्सार कार्यालयका भन्सार अधिकृत आशिष अर्यालले बताउनुभयो

 यो परिणाम भन्दा बढी सुन तथा चाँदी ल्याएमा भन्सार अधिकृतले सामान ल्याउने व्यक्तिको परिवारको अवस्था हेरि छाड्न पनि सकिने उहाँले बताउनुभयो । यसरी सामान ल्याउने व्यक्ति ६ महिना भन्दा कम विदेशमा बसेको छ र छाड्न उपयुक्त लागेन भने छुट पाउने सुन तथा चाँदी बाहेक अन्यमा ५० प्रतिशत भन्सार शुल्क लाग्ने अर्यालले बताउनुभयो ।

यस्तै ट्यावलेट, ल्यापटप वा कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोबाइल फोन र पेन ड्राइभ १/१ थान ल्याउँदा कुनै भन्सार तिर्नु पर्दैन । त्यस्तै बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल १/१ थान ल्याउँदा पनि भन्सार तिर्नु नपर्ने भन्सार कार्यालयले जनाएको छ ।

विदेशमा विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्कंदा ल्याएका व्यवसायिक सामानको पनि कुनै भन्सार शुल्क लाग्दैन । जस्तो कि डाक्टरका लागि ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान फुटबल, भलिबल, ब्याडमिन्टन सेट, गायककारहरुका लागि बाजा, गितार, हार्मोनियम, तबला, जस्ता सामानहरु ल्याउँदा पनि भन्सार शुल्क लाग्दैन ।

यसैगरी सात किलोग्राम सम्मका नेपाल सरकारले कुनै अवैधानिक नठानेका खाद्यान्न ल्याउन पाइने व्यस्था छ । मदिराको हकमा १.१५ लिटरसम्मको एक बोतल ल्याउन छुट रहको भन्सार कार्यालयले जनाएको छ । यो भन्दा बढी मदिरा ल्याए भन्सार कार्यालयले त्यस्तो मदिरालाई नष्टसम्म गर्न सक्ने भन्सार अधिकृत आशिष अर्यालले बताउनुभयो ।

६ महिना विदेशमा बसेका नेपालीले निःशुल्क ल्याउन सक्ने सामान

६ महिनासम्म विदेशमा बसी फर्केका नेपालीले पनि केही सामानहरु पूर्ण भन्सार छुटमा ल्याउन सक्ने भन्सार कार्यालयले जनाएको छ । यस्ता नेपालीले ल्याएका १/१ वटा टेलिभिजन, म्यूजिक सिष्टम, रेफ्रिजरेटर, वासिङ्ग मेशिन, पंखा, रेडियो, सि.डि. प्लेयर, भि.सि.डि. प्लेयर र डि.भि.डी. प्लेयरमा पूर्ण भन्सार छुट हुन्छ । कामदार भिषामा विदेश गएर ६ महिनासम्म बसी नेपाल पर्केका नेपालीले ल्याएका ३२ इन्च सम्मको टिभीमा पूर्ण भन्सार छुटको व्यवस्था गरिएको भन्सार अधिकृत आशिष अर्यालले बताउनुभयो ।

त्यसैगरी लुगाफाटा, जुत्ता, कष्मेटिक्सहरु बढीमा १५ पिससम्म ल्याउँदा कुनै भन्सार शुल्क तिर्नु पर्दैन । घरायसी प्रयोजनका लागि ल्याइने मिक्सर, जुसर, सिलाइ मेशिन, ग्यासटेबुल, इस्त्री, राइस कुकरहरु २/२ थानसम्म ल्याएमा पनि पूर्ण भन्सार छुट हुन्छ । १० किलोग्राम सम्म खाद्य परिकारमा पनि भन्सार नलाग्ने भन्सार कार्यालयले जनाएको छ ।  व्यवसायिक पेशामा लागेका व्यक्तिहरुले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान २/२ थानसम्म ल्याएमा भन्सार शुल्क लाग्दैन ।

Sunday, 3 April 2016

कामदारलाई दोस्रो दर्जाको रुपमा नहेर्ने देश

इजरायल सरकारले भारत, श्रीलंका, फिलिपिन्स र रोमानियालगायत देशबाट कामदार ल्याउने गर्छ .इजरायलमा कार्यरत नेपाली दिदी-बहिनी प्रायः खुसी छन् र आफ्नो कमाइप्रति सन्तुष्ट छन् । घर-परिवारदेखि टाढा हुनुपर्दाको पीडा त अवश्य नै होला, तर आफ्नो आर्थिक अवस्था सुधारेका छन् ।आधुनिक प्रविधिद्वारा खेती गरिने इजरायल विश्वमै प्रख्यात छ ।
नेपाली कामदार इमान्दार हुने र आफ्नो काम जिम्मेवारीपूर्वक निभाउने हुनाले नेपाली कामदारलाई इजरायलीले विशेषः मन पराउने गर्छन् ।
इजरायलले कृषिमा पनि ठूलै फड्को मारेको छ । 
इजरायल वैदेशिक रोजगारीका लागि हालसम्म राम्रो गन्तव्य भएकाले यहाँ सकेसम्म बढी नेपाली कामदार आएर लाभ उठाउन् भन्ने राजदूतावासको चासो छ र यसका लागि इजरायल पुनः खुला गराउन धेरै पहिलादेखि इजरायलका लागि नेपाली राजदूत प्रल्हादकुमार प्रसाईंले विशेष पहल गरिरहेको बताए ।