केराको डाँठले तौल कसरी घटाउछ ?
केराको डाँठ (हाँगाँ) मा फाइबरको मात्रा धेरै र क्यालोरी कम हुने भएकोले यसको जुसले लामो समयसम्म सन्तुष्टि दिन्छ । जसले कोषमा जम्मा हुने फ्याट र सुगर निस्कासन गर्ने प्रक्रियालाई ढिलाई गर्न सहयोग गर्नुका साथै उर्जा प्रदान गर्छ ।
केराको डाँठले कब्जियतलाई निर्मूल गर्नुका साथै पेट दुख्ने समस्या समेत निको पार्छ । जुसमा हुने फाइबरले कब्जियत निको पार्छ । यसलाई मदिरा र लागू औषधको कूलत हटाउन समेत प्रयोग गरिने बताइन्छ ।
डाँठको जुसमा हुने तत्व किड्नी स्टोनको आकार घटाई त्यसलाई घुलाउन सहयोग गर्छ किनकी यसले शरिरको काम नलाग्ने तरलाई पर्दाथलाई निर्मूल गर्न सहयोग गर्छ ।
केराको डाँठ प्रयोग कसरी गर्ने ?
डाँठको बाहिरी पात हटाई डाँठको भित्रि भागलाई टुक्रा टुक्रा काटेर जुस बनाउन सकिन्छ । टुक्रालाई मसिनो हुने गरी पिस्ने र डाँठबाट निस्कोको पानीलाई छानेर एउट भाँडोमा राख्ने । मिठो स्वादका लागि लाईम जुस पनि मिसाउन सक्नुुहुन्छ । डाँठलाई दुधमा मिसाएर पनि खान सकिन्छ । यसलाई दैनिक खानुहोस ।

No comments:
Post a Comment