8848Meter (२९ हजार २९) फिट अग्लो यो हिमालको मूख्य चुचुरो नेपालतिरै रहेको कुरा चीनले पनि स्वीकारिसकेको छ ।
अंग्रेजीमा माउन्ट एभरेस्ट र चिनियाँ भाषामा चोमोलुङ्माको नामले तिब्बत र चीनमा चिनिने विश्वकै अग्लो यो हिमालकै कारण नेपाल विश्वभर चिनिएको छ ।
नेपाल र नेपालीले गर्ब गर्ने र विश्वभर नेपाललाई चिनाउने सगरमाथालाई पछिल्लो समय विश्वचर्चित सर्च इन्जिन गुगलले उसको म्यापमा चिनियाँ भूभागतर्फ देखाउन थालेपछि इन्टरनेट प्रयोगकर्ता सशंकित भइरहेका छन् ।
केही सातायता गुगल म्यापमा नेपालको सगरमाथालाई चीनको टिंग्री जिगेज चीनमा देखाइरहेको छ । गुगल म्यापले सगरमाथालाई चिनियाँ भूमिमा देखाउन थालेपछि यसबारेमा चीनमै पनि संशयपूर्ण प्रतिक्रिया आइरहेको छ ।
गुगलले विश्वकै सर्वोच्च शिखरबारे भएको यो गम्भीर त्रुटिमा सुधार गरेको छैन । उसको यो त्रुटिबारे गुगललको प्रेस हेर्ने इमेलमा जबाफ माग्दा कुनै प्रतिक्रिया आएको छैन ।
गुगल म्यापले सगरमाथालाई आफ्नो भूमिमा देखाएपछि चीनकी एक फेसबुक प्रयोगकर्ताले यसतर्फ सजग हुन नेपालका साथीहरुलाई आग्रह गरेकी छन् ।


